दफा २२९
लगत तयार गर्नु पर्ने

(१) अदालतबाट चलन चलाउने, दाखिल, खारेज, नामसारी गराउने, निखनाई दिने, अंशबण्डा गरी दिने, बिगो भराउने, जरिबानाअसुलगर्ने वा अदालती शुल्क भराई दिने समेत गरी फैसला भएकोमा सम्बन्धित कर्मचारीले फैसला तयार भएको तीन दिनभित्रसोसम्बन्धी लगत यथाशीध्र तयार गरी तहसिल शाखामा पठाउनु पर्नेछ।स्पष्टीकरण: यस परिच्छेदको प्रयोजनको लागि “बिगो” भन्नाले फैसला बमोजिमभराउनुपर्ने क्षतिपूर्ति समेतको जुनसुकै रकम सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिम लगत प्राप्त भएपछि सम्बन्धित कर्मचारीले फैसला कार्यान्वयनको लागि फैसलाको प्रतिलिपिसंलग्नगरी सो सम्बन्धी छुट्टै मिसिल खडा गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको लगत पुनरावेदन सुन्ने अदालतबाट तयार भएकोमा सम्बन्धित कर्मचारीले फैसला तयार भएको तीनदिनभित्र त्यस्तो मिसिल लगत सहित सम्बन्धित जिल्ला अदालतमा पठाउनु पर्नेछ ।